रोशनी घिमिरेका मुक्तकहरूः

Roshni, Ghimire,,v, pallawa, पल्लव

रोशनी घिमिरे

भएजति देवी देउराली भाकेँ तिम्रो लागि।
धामी झाक्री सबैलाइ डाकेँ तिम्रो लागि ।
प्रेम रोगले सारै नै ग्रसित भका रै’छौ,
बिनासित्ती जीवन देखि थाकेँ तिम्रो लागि ।

मेरो पछि नलाउ भन्छु मानेनौ नि किन ?
दोबाटोमा ढुक्नु हुन्न ठानेनौ नि किन ?
एकोहोरो प्रेममा पागल हुनै लाग्या छौ रे,
पराइको नासो हुँ म जानेनौ नि किन ?

 

बाझो फोरि डाडापाखा हराभरा बनाउनु छ
भिरालो यो पखेरालाइ गरागरा बनाउनु छ ।
फर्की आउ स्वदेशमा साइला माइला छिट्टै
देश लुट्ने लुटेरा लाई कठैबरा बनाउनु छ ।

जस्ले नियम बनाउछ उस्ले नियम मिचेपछि
बेसहारा गरिबलाइ मात्रा कानून ले थिचेपछि ।
नदेखेझै सहनुपर्ने कस्तो बाध्यता हो नि हाम्रो?
असहायको नाम बेची पालै पालो घिचेपछि ।।

रोशनी घिमिरे
पोखरा लेखनाथ
२७, अर्चले ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *