बहरबद्ध गजल

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

सफर भुल्न थाल्यो स्वयम् जीवनीले
धकेले चुलो, पथ, पिँढी आँगनीले !!

तिमी सूर्य छेकी समर जित्छु भन्छौ
क्षितिज के उघार्ला ठुटे चाँदनीले ?

खसाल्यौ मुलुकका ध्वजायुक्त टाला
कहाँ छोप्छ लज्जा झिनो कन्धनीले ?

 

निभेछन् मगज-भित्रकै ज्योति सारा
कहाँ रात चिर्ला टुकी-रोशनीले। ?

टिके रोग-चिन्ता मरे भस्म माटो
लछार्दैन आना, बिघा, रोपनीले !!

मिलन हुन्छ वा हुन्न नै लाग्छ शङ्का
मगज भुट्ट थाल्यौ टुना, मोहनीले !!

बहरे मुतकारिब मुसम्मान सालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *