प्रकाश कोइरालाका केही मुक्तकहरू

Prakash, Koirala, प्रकाश कोइराला, pallawa, पल्लव

प्रकाश कोइराला

मनको मुहार हुने भए अनुहार चिन्न हुन्थ्यो
मुटुको गुहार सुन्ने भए व्यवहार भिन्न हुन्थ्यो
बाहिर राजा भित्र जोगी बाहिर मान्छे भित्र दैत्य
मस्तिष्क मोतीहार भए सन्सार छिन्न हुन्थ्यो!

पेटभोक शत्रू रोगशोक शत्रू
लाजशान शत्रू जीवनभो पत्रु
गरीबको हासो निधारमा हुन्न
प्रिया! तिम्रो धृणा मेरो प्रिय मित्रु

ओठ ,मुख ,आँखा ,गाला रसाउने बेला
हासो,खुशी, प्रीतसन्सार बसाउने बेला
मरुभूमी जीवनमा नुनचुक छरी
बाटो मोड्यौ गङ्गाजल खसाउने बेला

 

पिरतीको मनज्वाला गुहार उज्याला
जवानीको रसखेला जुहार उज्याला
खेतबारी बाझै छन असार-मङ्सिरमा
सपनी कि विपनी हो?मुहार उज्याला

अकविता र अकथा हिट राजधानीमा
मोफसल मूर्छा सदा चिट राजधानीमा
गरीबको भावव्यथा शून्यदिशा लिने
धनीमात्र साहित्यमा फिट राजधानीमा!

Prakash Koirala, प्रकाश कोइराला,

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *