भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

 भगवती खनाल  

गजल– १,
मन दुवैतिर दुख्यो
मुटु र शरिर दुख्यो

तिमीले मलाई छोड्दा
हेर यहाँ पीर दुख्यो

यसरी चोट दियौ की
लाग्छ है तक्दिर दुख्यो

 

सवै रुन्छन मुर्छामा
र पो अनि भिर दुख्यो

हांस्ने त हांसे पिडामा
सुन्छु म अविर दुख्यो

गजल– २,
पैसाले किन्छ सन्सार भन्छन्
साराले चिन्छ सन्सार भन्छन् ।

पैसा पैसा भन्दै विहोसमा
बौलाई हिन्छ सन्सार भन्छन् ।

किनेर स्वर्ग आज मलाई
हातमै दिन्छ सन्सार भन्छन् ।

कोही कोही आत्तिएर अहों
साच्चै नै छिन्छ सन्सार भन्छन् ।

पैसाले तोड्यो देश र आफन्त
त्यसै घिनिन्छ सन्सार भन्छन् ।।

– भगवती खनाल,
त्रिशुली, नुवाकोट .
२०७४/३/२६

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *