बहरबद्ध गजल

Spread the love
sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

त्यो जून मध्यराती झन खास लाग्न सक्छ
दाँजे सुरज अगाडि बकवास लाग्न सक्छ ।

सक्खर अधिक पिलाए तीतो हुनेछ पक्कै,
जोडी नयाँ नयाँ छन् मधुमास लाग्न सक्छ ।

हरपल उसैको लागी त्यो दिल जलाउँदैछौ
थोरै सुरा लगाऊ बिन्दास लाग्न सक्छ ।

 

सन्सार जित्छ त्यै नि सन्तुष्ट हुन्न कैले
कैले क्षणिक खुसीमै उल्लास लाग्न सक्छ ।

आस्था जगाई मनमा हेर्नू सफा नजरले,
भगवान छन शिलामा विश्वास लाग्न सक्छ ।।

बहरे मुजारे अखरब
रुक्न: SSIS ISS SSIS ISS

Leave a Reply

Your email address will not be published. Required fields are marked *