”यो देशमा के भयो ?”

Kashiram, Bajgain, काशिराम बजगाई, pallawa, पल्लव

काशिराम बजगाई

धर्ती थर्थर गर्छ काँप्छ मुटुमा पर्छन् चिरा छिन्छिन
सारा फूलहरू वसन्त ऋतुमै वैलेर झर्छन् किन ?
छाती पट्पट फुट्छ बग्छ खुनको खोलो सुसाई किन ?
लड्छन् भाइ र भाइ युद्ध घरमा रुन्छिन् मतारी किन ?

गोठालो वनबाट साँझ घरमा आएन फर्की यहाँ
बस्ती शून्य भयो गयौ प्रियतमा छाडी मलाई कहाँ ?
रात्तै छन् बटुका गिलास किन हो ? रात्तै छ पानी पनि
रक्ताम्मे फरिया छ छैन बहिनी धारा पँधेरामुनि ।।

 

को हुन् ती किन हाँस्तछन् ? असुर झैं, पाषाण जस्तो बनी
को चित्कार गरेर रुन्छ बनमा ? पानी पिलाओ भनी
हे यात्री अब राख्नु सामल कहाँ थाकेर यात्रा बढ्यो
चौतारी पनि छैन त्यो वर ढल्यो चैते छहारी ढल्यो ।।

छाडी देश विदेश पस्छ जनता,के यन्त्र हुन् यी तन ?
दैलो खोल्छु विहान लिप्छ खुनले कस्ले यहाँ आगन ?
उल्टो बग्छ नदी र पस्छ घरमा त्यो नाच्छ भै पागल
बस्ती लान्छ बगाउँदै पर कहीँ यी नेत्र थप्छन् जल ।।

बाँध्यौ दाँत बन्यौ कठोर दिलकी छाती चिर्यौ धर्धर
हे आमा किन हाँस्तिनौ? किन पुछ्यौ? त्यो माथको सिन्दुर
रोए झैं अनुहार छन् कुसुमका सुन्सान बाटो छ यो
भेटिन्न किन हो युवा र युवती,यो देशमा के भयो ?

@Kashiram Bajgain

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *