गजल

Spread the love
Ambika, Poudel, अम्बिका पौडेल, pallawa, पल्लव

अम्बिका पौडेल

परिस्थिति संग बाच्न सिक्नु छ
कति रूनु अब हास्न सिक्नु छ

नदेखिने रोगको भेटिन औसधि
नर्स बनी आफै जाच्न सिक्नु छ

त्यो गाउमा दोहोरी मात्र गाएको
अब रिमिक्समा नाच्न सिक्नु छ

 

भबिष्य त के बर्तमानै थाहा छैन
थोरै कुरा मनमा साच्न सिक्नु छ

कलम खरायो नै भूलिसके मैले
हिसाबलाई औला भाच्न सिक्नु छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *