बहरबद्ध गजल

Spread the love
Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

म जो हुँ उही हुँ,नाउँ छैन अर्को!!
र जो हुँ,म यैं हुँ,ठाउँ छैन अर्को!!

बसेको छु झुप्रो,यो हो रामचन्द्र!
घिमीरे थरी हुँ,साउँ छैन अर्को!!

पिता श्याम शास्त्री,माता हुन् त राधा
भए पाँच् म चौथो,धाउँ छैन अर्को

 

सिफल् काठमाण्डूमा हुर्के बढेको
र बस्दै छु यैं नै,गाउँ छैन अर्को!!

गुरागाँइ कन्या,पत्नी छिन् मजाकी
भए बाल बाल्या,पाउँ छैन अर्को

जमेरै बसेको,बित्यो काल धेरै!
छ,सानो कटेरो,छाउँ छैन अर्को!!

निलेको छु धूलो,भो बाटो तमासा!
र घाँटी छ डम्मै,खाउँ छैन अर्को!!

जहाँ मिल्छ केही,बोल्ने ठाँउ पाएँ!
सबै मित्र यैं छन्,जाउँ छैन अर्को!!

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *