मेरो छायॉ . . . . . .

Spread the love
Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

मेरो छायॉ
मेरो सुख दुःखमा
एकान्त र कोलाहलमा
मेरो छायाॅ मसॅगै हुन्छ
मलाई पछ्याइरहन्छ।
काला औंशीका रातहरू भुलेर
चन्द्रमाको जूनसॅगै रमाउने मेरो छायाॅ
क्षितिज पारिको मीठो मुस्कान ममा पस्किदिन्छ
शीतका थोपा सुकाएर फक्रने फुलसॅगै रङ्ग पोखिदिन्छ
म मेरो अतीत मेरो वर्तमान
यसै भित्र पाउँछु, केवल यसै भित्र
टुकीको उज्यालोमा जब उसलाई पाउॅछु ।

 


आफै पनि दीयो बनुझैँ लाग्छ
घामको किरणमा जब पारखी बनेर अघि पछि हिंड्छ
हेर्छु आफैं पनि राेशनी बनुझैँ लाग्छ।
यस्तै यस्तै दुनियाँ लिएर
पछ्याइरहन्छ मेरो छायाॅ
यही त हो मलाई पीडामा सहास दिने
छ्या छ्या हुँदा हाॅस्न सिकाउने
बादल जस्तै गम्भीर बन्न सिकाउने
बर्षाद पश्चातको इन्द्रणी झैँ जीवन खुलाउने
धुपमा आत्तिएको जीवलाई
छहारी दिने वृक्षझैं अटल बनाउने
मेरो छायाॅ मलाई पछ्याइरहन्छ
म उसैको समीपमा कर्ममा समर्पित हुन्छु
म सधैं मेरै छायाॅसॅगै हुन्छु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *