किरण शाहीका केही मुक्तकहरूः

Spread the love
Kiran, Shahi, किरण शाही , pallawa, पल्लव

किरण शाही

साथ दिने कसम खाएर जान्छ्न
भकानेर रुँदा सधैं हसाएर जान्छन
मित्रता भन्ने चिज नै अनौठो रहेछ
सानो कुरामा पार्टी बजाएर जान्छन

धनसम्पती सबै घुइयाको भाउमा गराएर।
एउटा भाको मनमुटु र ज्यान दाउमा ।।
नचाहदा नचाहदै विदेशिन्छन कतिपय।।
घरजग्गा खेतबारी साहुको नाउमा गराएर।।

 

पिडा अनि चिन्ताले भरिएको शहर हुनु भन्दा
कहिल्यै पुरा नहुने अनावश्यक रहर हुनु भन्दा
हो साच्चिकै नभएकै बेस, होईन र साथीहरू?
बिच बाटोमै छाडि जाने हमसफर हुनु भन्दा ।

घरी दैवले मेरो बिन्ती टारीदिन्छ किन?
भोलि हुन्छ भन्दै म्याद सारीदिन्छ किन?
कस्तो अपुरै सपना देखाउछ दैवले???
आफै जन्म दिन्छ आफै मारीदिन्छ किन?

यो मुटु भतभती जलाएर गयौ
सपनाहरू यसरी ढलाएर गयौ
मेरो जित उसको हार भयो भन्दै
टोल-टोलमा चर्चा चलाएर गयौं।

किरण शाही
त्रिवेणिनलगाढ न पा का– १३,
जाजरकोट, नेपालगन्ज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *