गजल

Spread the love
Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

सकेको भए त पाउन तिमिलाई।
मेरो गोरेटो मा दाउन तिमिलाई ।।

हो पक्कै काँपने थेनन् यी हात मेरा ।
टिपेको फुल त्यो लाउन तिमिलाई ।।

मैले जिउनुको अर्थ भेटने थिए ।
मिले त मन् मा सजाउन तिमिलाई ।।

 

को पो रोक्ने थियो खै म पनि त हेर्थे ।
कोकिल सुरमा गाउन तिमिलाई ।।

सकेको भए त पाउन तिमिलाई।
मेरो गोरेटो मा दाउन तिमिलाई ।।

© झलक उपाध्याय ‘बादल’
चुरे पारिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *