बहरबद्ध गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

धोका दिएर उस्ले ,पीडा बुझेन कैल्यै
पाएँ छु आँसु मात्रै ,हासो दिएन कैल्यै

जादैछु हेर छोडी , आफै जलेर आज
पोल्दैछ फेरिछाती ,आगो निभेन कैल्यै

तिम्रो मुटु त प्रिया, ढुङ्गा रहेछ क्यारे
छाती पिटेर रोए ,त्यो मन् दुखेन कैल्यै

 

के थ्यो र भाग्यमानी, हावाहुरी चलेको
साच्चै समाजमा त्यो,मान्छे बनेन कैल्यै

धोका दिएर उस्ले ,पीडा बुझेन कैल्यै
पाएँ छु आँसु मात्रै ,हासो दिएन कैल्यै

बहर मुजारे मुसम्मन अखरब
रुक्न २२१,२१२२//२२१,२१२२
मध्य विश्राम
महेन्द्र चापागाईं ‘आफन्त गाउँले’
चितवन,माडी
मितिः २०७४, असार २३, शुक्रबार ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *