‘बिछोडिएको मन’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

बालेर आगो हृदयमा
खोज्नु जूनको सितलता खोज्नु
कति सार्थक हुन्छ कुन्नि ?
चोट र पीडाहरूको असहज यात्रामा
दृढ सगरमाथा रहेछ जीवन
तर पनि जीवनको गोरेटोमा
असंख्य परिकल्पनाहरूमा
एउटा स्वाभीमानको आकास
बोकेर हिड्न
खोजिरहेको छु म ।
मन फुकाउदै गर्दा मैले
आँखाका डिल भत्किने गर्दछन्
र पोखिने गर्दछन् आँसुका भेल
पीडा संग तछाडमछाड गर्दै–

 


र पनि
संवेगको राहत बाड्न पुग्छ आकाश ।
तर अपशोच
गगन हुनुपर्ने हो
जोडीका परेवाको क्रिडास्थल
तर यो मात्र परिकल्पना बन्यो
जिन्दगीको त आफ्नै आँखिझ्याल हुँदोरहेछ
चियाएर जीवनलाई नियाल्दा
भेटिदा रहेछन्
बेमेल आकृतिहरू।
समयको उतारचढाव संगै
बाझो यो मनको बारीमा
अनुभूतिका उमारेर बिउहरू
निर्माणको मन हुँदाहुँदै पनि
नभेटेपछि प्रेमको सुगन्ध
एक्लिदै भिडमा
गोरेटो पहिल्याउन नसकेपछि
पीडा,चोटका अनुभुतीहरू बोकेर
बाँचेको छु म आज ।
लाग्छ अचेल
खोलेर हृदयको ढोका
गरिरहेछु म
मौनधारण ।

२०७४ असार २४, पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.