रमेश पोखरेलका मुक्तकहरूः

Spread the love
Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

सन्ध्या पनि तिम्रै, बिहानी पनि तिम्रै
सधैं सुनिरहुँ लाग्ने कहानी पनि तिम्रै
कसको के नै छ र ? यहाँ तिम्रो सामु,
मनै लोभ्याउने त्यो जवानी पनि तिम्रै।

अनुहार भरी केश नझार्नु कान्छी
फरिया धेरै माथि नसार्नु कान्छी
गाजल मात्रै लाए काफी सुहाउँछ
नचाहिँदो नक्कल नपार्नु कान्छी।

 

कहिले पानीसँग खेल्न मन लाग्छ
कहिले सिरानीसँग खेल्न मन लाग्छ
हल्ला गर्न पो ! नमिल्ने हो खासमा,
उनको जवानीसँग खेल्न मन लाग्छ ।

आफ्नै मुटु झिकेर पराइको अघि लगाई दिँदैछु
मनपरेको फूलले अर्कैको बगैंचा सजाई दिँदैछु
सपना थियो मेरो उनीसँगै साइनो गाँस्ने र हाँस्ने
तर आज उसैको नयाँ जोडीलाई बधाई दिँदै छु।

रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *