गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

उसैले दिल कब्जा गर्‍यो ,जो मेरो थिएन!
हाँसीहाँसी मर्न नि दिएन बाच्न नि दिएन!

सम्पत्तिले यतिसम्म स्वतन्त्र गरिदियो कि,
कहिल्यै हार्न जानिएन, झुक्न जानिएन!

भोलि भोलि भन्दै सारा दुनियाँ बदलियो,
कुकुरको पुच्छरजस्तो चाहना बद्लिएन!

 

निर्जीव शिलालाई ईश्वर मानियो ढोगियो,
त्यसरी नै किन? आमा बालाई ढोगिएन।

हो यहाँ अन्तिम निर्णय आमाको हुनुपर्थ्यो,
छोरालाई दागबत्ती आमाले दिएकोपाइएन।

निष्ठुरीले, सिसामाथि नाम छापेर गैगयो,
बरू चर्किएँ आफै उसको नाम मेटिएन।

सिसा चौधरी
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.