झरी

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

असार महिनाको यो झरी
रुझाउने पानीसंगै
तर रुझेन मेरो मन
कसैको यादसंगै खसिरहदाँ बलेनी
भुल्न सक्दिन त्यो क्षण
झरी बनेर तिमीले पठाएको मन
गुटुमुटु पार्न धेरै कोशिश गर्दा गर्दै
तर कठै अनियंत्रित मनहरु
आफै झरी बन्न आतुर भए ।
झमझम बर्सिएको झरी संगै
खोल्सा खहरे उर्लिएर
नदीको रुप लिँदै गर्दा
उर्लिन खोज्दै छ मरो मन
कोशौ पारीको सम्झ्नालार्इ ।

 


नदी किनारको
बाँधमा खादै ठक्कर
उर्लिदो नदी लहराउदै बग्दा
कोशौ कोश टाढा कसैलाई
भेट्ने आँटमा तछाड मछाड
मडारिदै छ यो मन।
उड्न सक्ने भए यादहरु
पवनसंगै मायालुको काखमा
रमाउन पुग्थे होला कयौं मनहरु
लुटुपुटु गर्थे होलान्
अतृप्त प्यास मेट्न
गुटुमुटिन्थे होलान्
न्यानो काखमा ।
हुनसक्छ यो झरी
बर्सिएको पानी नभएर
कसैको मनभरिको याद हो
मडारिएको सम्झ्ना
मनभरि अनेकौं छट्पटी बोकेर
पीडिको खाँबोको सहारासंगै
बाटोभरि नयन बिच्छाउनुको अर्थ
वियोगमा रोइरहेको परेलीको
आँसु पनि त हुन सक्छ यो झरी !
जहाँ थुप्रै प्रेमिल जोडीको
प्रेम कथा हुन सक्छ बगेको
काबुलको तितो सम्झ्ना
सायद हुनपनि सक्दछ
बारपाकको छ्टपटी पनि हुन सक्दछ
जहाँ पालमुनी त्रसित जीवन
बाध्य छन् ज्यून
म छु अन्योलमा
बुझ्न सक्छु खै कसरी
खै के हो यो झरी !!!

२०७३ असार १८,पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.