गजल

Spread the love
Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

गाउँ फर्केर,एक हल गोरु खोज्छ छोराले
आफ्नै बा’को पाखो बारी जोत्छ छोराले

महिलापुरुष बराबरी विभेद छैन पक्कै !
सिउँदो मात्र हैन अब घरै पोत्छ छोराले

कुनै कदम बाँकी रहन्न अब चाल्नलाई
जाने आफैं गर्छ, नजाने सोध्छ छोराले

 

यात्रा एक्लै गरेपनि सपना लाखौं हुन्छ,
घरपरिवार सबैको रहर बोक्छ छोराले

सोझो भएर धेरै ठक्कर खाएपछि मात्र
जिन्दगी जिउँने सूत्रहरु घोक्छ छोराले ।

रमेश पोखरेल
२०७२/३/७

Leave a Reply

Your email address will not be published. Required fields are marked *