भावना

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

खै किन हो कुन्नि आज ?
मन शून्य भएकोछ
मात्र मनभित्र चलेको छ हुरी
भावनाहरु निमोठिएका छन्
बिगत नियाल्दा
र आगतलाई कल्पना गर्दा
निर्दोष खुशीहरु
अपहरित भएजस्तै लाग्दछ ।
जीवनमा आउन सकेन वर्षा
र त पलाउन सकेनन् पालुवाहरु
न रोप्न सकियो नयाँ विचार
नत फलाउन सकियो
गन्तब्यको फल
सायद त्यसैले होला
आएको भावनामा भुइचालो ।

 


मनका बगैंचाहरु
भएका छन् उजाड
गुलाफ फुलाउने मेरो मन
सकेन उन्यु उमार्न समेत
सायद मन बिक्षिप्त बन्नुको कारण
यही पनि हुन सक्छ ।
जीवन सप्तकोशी बन्नु पर्ने हो
परिणत हुँदै गयो बगर
चकमन्न मध्यरात सँगै
जीवनमा कतै बादल मडारिने सोचमा
अनिदा र कहालीलाग्दा क्षणहरु
ज्युन वाध्य बनेकी छु म आज ।
तैपनि हरेक रात आँखाभरि
रित्तो सपना बोकेर
एउटा युग निदाउछु म
लाग्छ कयौं निर्दोष सपनाहरूको
हत्या भएको छ मबाट
तर पनि
सुम्सुम्याउन मन लाग्छ
यी नओभाएका घाउहरुलाई
लगाउन मन लाग्छ
सान्त्वनाका मलमपट्टी
सम्झाउन पुग्छु आफ्नै मन
अनि भन्न मन लाग्छ
प्रत्येक मान्छहरुका जिजीबिषा हुन्छन्
ती जिजीविषाहरु मेरा पनि हुन् ।
यथार्थ र संघर्षको यो अनौठो धरातल
त्यस भित्रको एक्लो मान्छे म
सायद सुन्यता भित्रको
बन्दै गरेको मुर्तीको अस्पष्ट आकृति ।

२०७४ असार १९,पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.