राई बाबुरमका एकजोर गीतः

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

१- गीत
गौरब गर्छु मेरो नेपाल,म नेपाली भन्न लार्इ
लाखौं जुनि सम्मा पाउँ,म नेपाली बन्न लार्इ

बुद्द मेरो शान्ति दुत,सगरमाथा शिरानी हो
जहाँ जाउँ संसार भरि,यही मेरो चिनारी हो
अर्को स्वर्ग भन्नु नै त,लाग्छ मलाई नेपाल
दन्तै लहर जस्तै मिली,जहाँ हाँस्छ हिमाल

 

गौरब गर्छु मेरो नेपाल,म नेपाली भन्न लार्इ
लाखौं जुनि सम्मा पाउँ, म नेपाली बन्न लार्इ
भृकुटी र सिता पनि, यही भुमिमा जन्मिए थे
निभाएर रित सारा,यही बाट अन्मिए थे

सबै रंग बोक्ने डाँफे,यही भुमिमा हुन्छ
संसार कै सुन्दर झण्डा,अंकित घाम जुन छ
गौरब गर्छु मेरो नेपाल,म नेपाली भन्न लार्इ
लाखौं जुनि सम्मा पाउँ,म नेपाली बन्न लार्इ

२-गीत
एउटै हुन्छ आउने जाने सबको यहाँ बाटो
कोही बन्छन् खरानी त कोही बन्छन् माटो

किन बन्नु अभिमानी दुईदिन बाँचुन्जेली
नराखेर रिसा राग केहि बाँचौ हाँसी खेली
सुख दुख आउँछ जान्छ जिन्दगी कै पाटो

एउटै हुन्छ आउने जाने सबको यहाँ बाटो
कोही बन्छन् खरानी त कोही बन्छन् माटो

बगी जाने खोला भन्छन मरी जाने चोला
यही लोकमा हाम्रो भेट होला या नहोला
केही पलको जिन्दगीमा कतै नहोस् फाटो

एउटै हुन्छ आउने जाने सबको यहाँँ बाटो
कोही बन्छन् खरानी त कोही बन्छन् माटो

राई बाबुरम
तोपगाछि-०५,झापा
हाल काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.