हाम्रो देश नेपाल ………

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

आठ हजार आठ सय अठचालीस मिटर अग्लो
बिश्वको सर्ब शिखर सगरमाथा हाम्रो
त्यही हिउंले देखिन्छ नि नेपाल देश राम्रो
पहाड झर्ना नदि हरू छन नि हाम्रो देश मा
ढाका टोपि दौरा सुरवाल पुर्खौली को भेष
मा
नबै रंग बोकि बस्छिन हिमाल मा डाँफे चरी
कुहु कुहु पहाड मा कहिली को त्यो मिठो
बोलि
बिर भद्र भिम सेन अमर सिहँ अनि
अंग्रेज सँग लडेका थे छाती खोली खोली–

 


उनको नाम अमर रहयो नेपाल हाम्रो देशमा
महा युद्ध चली रहयो नाला पानी ठाउँमा
ढुगाँ मुढा फाली रहन्थे नेपाली हरू अनि
मिसिन गन चलाई रहन्थ्यो अंग्रेज हरू पनि
गुलाम गर्न खोजेका थे अंग्रेज ले अनि
विर थिए हाम्रो देश नेपाल मा पनि
बाईसे चौबीसै राज्य थियो राणा शासन
कहाँ
एउटै राज्य बनाउने पृथ्वीनारायण शाह
शान्ति छायो एउटै भयो प्यारो नेपाल बनि
सयौं बर्ष चलिरयो राजा शासन पनि
पहिले जस्तो छैन अब नेपाल हाम्रो देश
दाजुभाइ दुश्मन गर्छ्न समाउदै केश
अर्घाखाँची मा बस्ने मान्छे सकिन कहि जान
घिमिरे को छोरा मत संगम मेरो नाम

भुमिकास्थान नगर पालिका ढिकुरा
अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.