श्यामका जोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– २
बिस्तार बादी आक्रमण को हार भए पछि!!
एकताको दियो बाल्ने संचार भए पछि!!

कानुन दण्डका दलदलमा सत्ता टेकाउने,
नेता ज्यु को सदचारी संस्कार भए पछि!!

विखण्डित मुलुक यो बिपरित को जनमतमा,
समान्ता को टोकरिमा तलबार भए पछि!!

 

प्रगठित श्रद्धा यो तक्षनुसार सेबा मा,
अनुसंधान गर्ने यहाँ अक्तियार भए पछि!!

वर्तमान यो अभियान मा कोरिएका मधुर सपना,
वहकिरहन्छ आगमनमा जंघार भए पछि!!

गजल– २,
मंजुर भएको थियो सबैथोक हल बाट !
सुन्दरताले भरिएको आनन्द फल बाट !

सकिएन बचाउन आफ्नै देश सिमालाई,
मानौ मलाई ल्याएको हो त्यो जंगल बाट !

जगमगाउने क्रान्ती को मुहार फेर्दै,
आएको हुँ म राक्षस को कबल बाट !

शिथिल तन मन माथी ठोक्दै फलामे किल्ला,
बचाउने छु राष्ट्रिय झण्डा यो राईफल बाट !

निरन्तर पथ को संघर्षमा युगान्त सम्म टासिंएको ,
जंघार तर्दै फर्किएको हिजो म हस्पिटल बाट!

सपना र बिपनाका लक्ष्य हरू उचाई मा राख्दै,
समेटी पस्किएको आज म गजल बाट!

साहित्य प्रेमी संगम सार्थक घिमिरे
भुमिकास्थान नगरपालिका ९ ढिकुरा
अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.