गजल

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

हरर वास्ना चल्ने गरी छेऊबाट तिमी सरक्क सर्किंदा
अलिपर पुगेर साथीलाई छल्दै मतिर फरक्क फर्किंदा ।

भोलीपल्ट भेट भो बजारमा रैछौ तिमी सलवार सुटमा
पत्याकी छौ भन्ने भ्रम तब टुट्यो तिमी तरक्क तर्किंदा ।

फेरिपनि देखे तिमीलाई कलेजमा रहिछौ टाई सुटमा
मोहित भएँ म खिरिलो शरिरमा तिमी लरक्क लर्किंदा ।

 

कार्यक्रम थियो फेयरवेलको उपस्थित रहिछौ तिमी नि
द्रवीभूत भएँ मायालु कर्के नजर मतिर करक्क कर्किंदा ।

पहिलो भेटमा तिमीले देखाएको त्यो नजाकतले मलाई
आजसम्म बॉधेकैछ,सहन्छु तिम्रो रिस चरक्क चर्किंदा ।।

शारदा ओली शिवाकोटी,
०७४-१-१६, हेटौडा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *