छिरिङ शेर्पा अविरलको यौटा गीत

Spread the love
Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

मलाई पनि भन्नू सानू टाढा हुँदैछौ भने
पराई शहर पुगी कतै सम्झी रुँदैछौ भने ।

तिम्रो मेरो सम्बन्धको शहर कति टाढा भयो
यादमा कति रुन्छ मन माया कति गाढा भयो
मलाई पनि भन्नू सानू अन्तै फुल्दैछौ भने
रङ्गीन त्यो दुनियाँमा मलाई भुल्दैछौ भने ।

 

मनै मनमा मैले सपनाको कति धेरै रहर भरे
ओठको हासो सङ्गै सधै मात्र तिम्रै कुरा गरे
मलाई पनि भन्नू सानू कतै पराई हुदैछौ भने
अन्तै कतै भुल्दै भुल्दै बसाई सराई हुदैछौ भने ।

मलाई पनि भन्नू सानू टाढा हुँदैछौ भने
पराई शहर पुगी कतै सम्झी रुँदैछौ भने ।

छिरिङ शेर्पा अविरल
२०७४/०३/०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *