मनको उज्यालो

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी,

मनको उज्यालो
मिर्मिरे उज्यालो सँगै
आगोको खोजीमा छिन् मेरी आमा
जहाँ आफ्नै समीप चिसो चुल्हो छ
हुनसक्छ
दर्दनाक पीडाले भिजेको छ
कहिल्यै नओभाउने गरि
तैपनि रित्तो भान्सा सँगै
मरेको छैन आमाको
सन्तानको पेट भर्ने चाहना ।
सन्तानको लागि
जतिसुकै चोट सहेर पनि
चुल्होमा आगो बाल्ने प्रयासमा–

 

हरक्षण छाती भित्र दनदनी
पीडा रुपि आगो बाल्दै जीवनमा
कहिले रातो बाकस पर्छ उनको हातमा
कहिले बलात्कृत छोरीका आँसु
तरपनि सहन्छिन् चट्टान बनेर ।
सन्तानको आगो जस्तो हृदयमा
जूनको शितलता रोप्ने इच्छा छ उनको
असह्य पीडाको सगरमाथा भित्र
सागरको सितलता छर्ने चाहना छ
लाग्छ अचेल मेरी आमा
स्वाभीमानको आकाश बोकेर
संसार बदल्ने यात्रामा छिन्
प्रत्येक रात निदाउछिन आकाश ओडेर ।
जहाँ मेरी आमा हरेक
सन्तानलाई चाहन्छिन बनाउन स्वाभीमानी
आगो रोपेर हृदयको बस्तीमा
चोटहरुको राहत बाड्न चाहन्छिन्
सायद मान्छेहरुको नकारात्मक सोच
वितृष्णा छलकपट अनि अविश्वासलाई
ओभानो बनाउन चाहन्छिन्
भर्भराउदो कोइला भरिएको चुल्हो सरि।

पोखरा, २०७४, असार १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.