टका भएनन् ,,

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

सिद्धिन्छ बिज्ञान जहाँ गएर ।
जन्मिन्छ अध्यात्म कडा भएर ।।
मर्दैन आत्मा अति सूक्ष्म रूप ।
मर्ने उनै हुन् मति भै कुरूप ।।

जो कर्म गर्छन् निज धर्म ठानी ।
निश्पक्षता भै बहुतै इमानी ।।
नौका चढी सिन्धु अवस्य तर्छन् ।
बाधाहरू झट्ट परै दगुर्छन् ।।

 

रोपेर घैया कहिँ फल्छ धान ?
कर्मै बिना मिल्छर के इनाम ??
गर्दै अनेकौं शिवराम जप्छन् ।
झुट्टाहरू बुद्ध कहाँ हुनेछन् ।।

श्री कृष्ण गोविन्द हरि: मुकुन्द ।
हे नाथ नारायण वासुदेव ।।
हेर्दैन सन्सार पर्दा उघारी ।
चिन्दैन त्यो मूढ उनै मुरारी ।।

जो अन्न खान्छौ मलमुत्र बन्दै ।
घुल्छन् धुवाँ वाफ बन्दै तुरुन्तै ।।
उड्दै गयो जीव निस्केर फुत्त ।
अङ्गुष्ठ जत्रै तन भो सुटुक्क ।।

लाग्यो उसैमार्ग मिल्यो जहाँको ।
वैकुण्ठ या स्वर्ग जानू जहाँ थ्यो ।।
मिल्ला कसोरी अब मुक्ति हेर ।
फर्क्यो उधो भै कन मर्त्य फेर ।।

तड्प्यो असाध्यै अनि बारबार ।
भन्दैछ अम्वे सुनिद्यौ पुकार ।।
मातापिता बन्धु कुनै रहेनन् ।
यो दु:खमा साथ टका भएनन् ।।

क्रमशः मुक्ति मार्ग,,,बाकी अंशमा,,
छन्द – इन्द्रबज्रा ,
तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *