झलकका केही मुक्तकहरूः

Spread the love
Jhalak, Upadhaya, Badal,  झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

दादागिरी गरेर नी माया लाईन्छ र?
चाकु छुरि देखाएर बिश्वास पाईन्छ र?
के भनी लड्छौ कुन्नि यस्तो लडाइँ ।
दुनियाँ यो जित्नलाई अस्त्रै चाहिन्छ र?

दुखाएका मनहरू ती खै कसरी पटाउनु ।
निशब्द नै रहि कन दिन कसरी कटाउनु ।।
धेरै पल्ट माफि मागे तर पनि मान्दिने खै?
सबै छोडि उसकै लागि अझै कति खटाउनु ।।

 

तिम्रा शब्दहरू मा कोरिन मनछ।
तिमी बाटै मलाई चोरिन मनछ।।
चाहि दिए त तिम्ले नि मैले झै।
बरु तिम्रै गोरेटोमा डोरिन मनछ।

के जिन्दगी दिईस् दैव जतासुकै जलेको छ ।
हेरि हास्छ दुनियाँ परेली यो गलेको छ ।।
सपनाहरू देख्नलाई मात्रै भए मेरालागि ।
यथार्थले मै अभागीलाई छल्नुसम्म छलेको छ।।

यो मलिन साँझमा गिलास संग साँटिन मन छ।
चिसो रात आधाआधी उसै संग बाँटिन मन छ।।
गोलभेडा झै ठुला ठुला आँखा पारी धेरै बेर ।
हेर्ने छे उसले, त्यसरी पो मलाई ठाँटिन मन छ।।

– बादल
चुरे गाउँपालिका ४ कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *