रमेश पोखरेलका मुक्तकहरूः

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

घामले भेट्दा छाला बिग्रन्छ
खियाले भेट्दा ताला बिग्रन्छ
टाढै बसौं, भो नजिक नआऊ
गाला जोड्दा चाला बिग्रन्छ।

कहिले पानीसँग खेल्न मन लाग्छ
कहिले सिरानीसँग खेल्न मन लाग्छ
हल्ला गर्दै हिड्न पो नमिल्ने खासमा,
उनको जवानीसँग खेल्न मन लाग्छ ।

 

मिथ्या बोलेर शिर झुकाउनु हुन्न
सत्य कुरा कहिल्यै लुकाउनु हुन्न
एउटा कुरा सबैले ख्याल गर्नु पर्छ,
आमाबाबुको चित्त दुखाउनु हुन्न।

आफ्नै एउटा सानो संसार हुनेछ
आफ्नै एउटा सुन्दर दरबार हुनेछ
चिन्ता नगर, विवाह पश्चात् घरमा
तिम्रै हैकम ! तिम्रै सरकार हुनेछ ।

मलाई लाग्छ सुसाउने जति सबै खोली जस्तो
मलाई लाग्छ प्रत्येक रंगिन पलहरू होली जस्तो
बानी परेछु मायालुका बात सुनेर दीनहरू काट्ने
कसैको गाली पनि लाग्छ उनकै मीठो बोली जस्तो ।।

रमेश पोखरेल खोटाङ ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *