मैया सुवेदीका मुक्तकहरू

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

म छु अनेकै राम्री अनि काली नठान
केवल तिमीझैँ म पनि जाली नठान
सधैं आड भरोसा मान्य बडाजनहरूको
सुरा सुन्दरीमै रम्ने मनवाली नठान ।

मेरो मनको स्वस्तिक छापमा तिम्रो प्यार छ
लाग्छ जीवनको हरेक मौसम सदा बहार छ ।
तिमी सँगको हरेक मोडमा हर्षित छु कालू म
किनकि यो मायावी यात्रामा न जीत छ न हार छ ।।

 

अलिकति पिएँ आज तिम्रो यादले सताएर
गिलासमा तिमी थियौ पिउनु खोजेँ हटाएर ।
न त यता न त उता दोबाटोको जीवन मेरो
मदहोशमा घुमिरह्यौ यै मस्तकलार्इ खटाएर ।।

जिएकी छु जिन्दगी लासजस्तो आजभोली
हावा हुरी चैतको मासजस्तो आजभोली ।
अनौठो छ निम्सरो अर्थहीन जीवन यो
दर्द बोकि बाँच्नुको आशजस्तो आजभोली ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.