गजल

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

जिन्दगीका किताब भित्र सपनाका शब्दहरू
छाती भरी कुदिएर लेखु लेखु लाग्यो मलाई ।

सपनाका गीतमा सधै गुन्जिरहने शब्दहरू
मन भरी बुनिएर देखु देखु लाग्यो मलाई ।

मन भरी सल्बलाउदै बिलाई जाने रहरहरू
पधेरीमा तिर्खा बनी मेटु मेटु लाग्यो मलाई ।

 

नयन भरी याद बनी दिलाई जाने शहरहरू
पन्छी बनी उडि उडि देखु देखु लाग्यो मलाई ।

निद्रा बाट झस्काई रहने जिन्दगीका पलहरू
पहाड बनी आफै बाट छेकु छेकु लाग्यो मलाई ।

चोट बनी चस्काई रहने जिन्दगीका पिडाहरू
मलम बनी आफैले नै सेकु सेकु लाग्यो मलाई ।.

छिरिङ शेर्पा अविरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.