चिरफार

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

लाग्छ अचेल
लडबडिएको छ मेरो कलम
अचेतन बनेर
सायद उसलाई लागेको छ
शल्यक्रिया गरियोस् उसको पनि
चेतना र मानवीयता सँगै
मान्छेरुपी पशुहरूको
सोंचलाई बदलिएको छ
उसको शल्यक्रिया सँगै ।
मैले सुन्न सकेकी छैन चिच्याह्ट
मध्यरातको समय
सडकपेटिको घर
संगै रहेका ठुला रिसोर्ट
अनि चिच्याहट छर्न पुग्छन् –

 


चकमन्न रातहरूलाई चिर्दै
चुम्बनका मातहरूसँगै
सुरासुन्दरीका काखहरूमा
मातिदा मातिदैको
बेहोसी तन्द्रा
हुनसक्छ यो ।
जीवनका जिजीविषाहरू
तन्कदै जाँदा
जिन्दगीको मोहसँगै
बाढी बनेर बग्न पुग्छ
मदहोसमा गुमेका रातहरू
फेरि घामको किरणसँगै
लथालिङ्ग भताभुङ्ग हुन पुग्छन्
बेहोसी रातका क्षण दिमागभरी
असैह बनेर पोखिन् पुग्छन् ।
तर अचम्म
विचरा लुटिन्छ आस्मिता बाटुलिको
पुरै रित्तै पारिन्छ कुमारित्व
र निकालिन्छे सडकपेटिमा
तर पनि
रुग्ण बनेर त्यही समाजका
नालायकहरू माझ बाँचेकी छ ऊ
केवल सन्तानको लागि
जिउँदो लास बनेर
पागलको नामाकरणसँगै ।
ऊ त्यही बिल्लाधारी पशु हो
जो दिनभर महलमा बस्छ
रात परेपछि बेबारिसे बीउ छर्छ
बिना पहिचानको गर्भधारणमा
त्यसैले भन्न मन लाग्छ
बिल्लाधारी पशुको शल्यक्रिया
गर्न जरुरी छ ।

२०७४ जेठ ३, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.