शारदा ओली शिवाकोटीका मुक्तकहरू

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

अमुल्य मोतिका दाना नझार देख्दैन कसैले पनि
आँधी,हुरी,सुनामी जीवनका छेक्दैन कसैले पनि
मन मुटु हराएका कठोर स्वार्थीहरूको समाज हो
नदेखाउ तिमी ह्रृदयका बेदना लेख्दैन कसैले पनि ।

वेद,कुरान,बाईबल घोकेर,ढोगेर,छोएर नि हुन्न केही
मन्दिर,मस्जिद,चर्च गएर चरण धोएर नि हुन्न केही
परपीडा नदेउ,सेवाभाव राख,जोगी,नमाजी नबनेनि
सुखदिए सुख,दुखदिए दुख फिर्छ रोएर नि हुन्न केही ।

 

छोड या जोड यो नाताको खास अब मतलब रहेन
भएपछि दिलमा पराईको बास अब मतलब रहेन
तिमी बिनाको घर के घर भनी भन्ने गर्थें म तर अब
बैराग्यले शान्त भो नागाको आश अब मतलव रहेन ।

झुठो तारिफको भडकाउमा छक्किएछ सम्बन्ध हाम्रो
फेसबुके प्रेमीको मोहमा परी मक्किएछ सम्बन्ध हाम्रो
बर्षौदेखिको साथीमा खोट देखिने उस्को चश्मा लायौ
त्यही चश्मेदृष्टीको फोहोरले सक्किएछ सम्बन्ध हाम्रो ।

नोअप्सनको राज रछ आजसम्म संगसंगै बसेकोमा पनि
पछुताउंछ्यौ रे नि आज मेरो नामको सिंदुर घसेकोमा पनि
राम्रो स्मार्ट बुज्जकी कदर गर्ने मायालु पनि अर्कै भेटे पछि
मक्खछौ रूढीवादी,ईर्ष्यालु भन्दै यो मनलाई डसेकोमा पनि ।।

*शारदा ओली शिवाकोटी*

Leave a Reply

Your email address will not be published. Required fields are marked *