नहिड्नु होला कहि,कतै सकभर बर्खे झरिमा
बौलाएको हुन्छ त्यो सुख्खा बगर बर्खे झरिमा
अस्ती भर्खरै रामेलाई पनि बगाएछ खोलाले
त्यसैलेत भन्छु आमा नछोड्नु घर बर्खे झरिमा ।
बाध्यताको भुमरीमा पारिदिय भने सानी
के गर्छौं त हाम्रो माया मारिदिय भने सानी
भन्नलाई त भन्छौ हामी फुल सरि फुलि रहने
फुल्न नपाई कोपिला मै झारिदिय भने सानी
मेरा हृदयका सपना गलेको देख्दा
नदेखे झै गर्दै मानिस ढलेको देख्दा
कति सम्मको निस्ठुरी रहेछ त्यो मन
बल्ल बुझ्छौ माया मलाई मरेको देख्दा ।
घरिघरि आउने त्यो याद भुल्न सकिन
कसैको जिबनमा छाई फुल्न सकिन
तिमी त खुसि सुखि छौ रे कसैसँग,,
म त यता दुख भुलि सुखमा घुल्न सकिन
मेरो माया एकादेशको कहानि बनायौ
हे दैब किन यस्तो जानि जानि बनायौ
कयौं कोसिस गरि रहे उस्को लाएक बन्न
उल्टै मलाई उस्को सामु बैमानि बनायौ
कमल
