धून बनेर आउनु !!!

Spread the love
Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

निस्पट रातमा तिमी चम्किलो जुन बनेर आउनु
कोलाहल साथमा तिमी सुमधुर धुन बनेर आउनु ।

जिबनको हरेक मुस्कानहरु तिम्रै याद लिएर हासे
समर्पणका सुन्दर फुलहरु तिम्रै साथ लिएर गासे
पिरतीको यो भेल भित्र मिठो मनसुन बनेर आउनु
जिन्दगीको किताब भित्र सुन्दर धुन बनेर आउनु ।

 

कुटु कुटु खान्छ मुटु तिमी पराई जस्तै हुदा पनि
एक्लिएर जान्छ मन तिमीलाई सम्झी रुदा पनि
मन सुनसान हुन्छ तिमी सुरिलो धुन बनेर आउनु
अध्यारोलाई चिर्दै तिमी चम्किलो जुन बनेर आउनु ।

निस्पट रातमा तिमी चम्किलो जुन बनेर आउनु
कोलाहल साथमा तिमी सुमधुर धुन बनेर आउनु ।.

छिरिङ शेर्पा अविरल
२०७४/०३/०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *