१३ अक्षरीय गजलगजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल,

वहानाले याद दिलाउने नगर
बिना अर्थ मन मिलाउने नगर ।

मेरो मुटु चक्नाचुर बनाए पछि
लोकाचार पार्दै सिलाउने नगर ।

नजर भरि जालझेल फिजाउँदै
मौजुदा यौवन जिलाउने नगर ।

प्यालामा नै छ प्रेम भनेर मलाई
शुष्म बीशहरू पिलाउने नगर ।

ज्वाला बनेर आफैँले फलाम गाल्छु
काउसो कै रूपमा चिलाउने नगर ।।

– भगवती खनाल
त्रिशुली, नुवाकोट ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *