बहरबद्ध गजल

Khagendra, Samarpan, Neupane, खगेन्द्र न्यौपाने ‘समर्पण’, pallawa, पल्लव

खगेन्द्र न्यौपाने ‘समर्पण’

खोटी छु भाग्य थाप्ने डोको पर्यो मलाई
रस पोखिएर सकियो खोक्रो पर्यो मलाई ।

हाँस्दा म हाँस्छु भन्ने धेरै सखाहरू छन्
अब कोही अाँसु पुछ्ने खाँचो पर्यो मलाई

बिस्कुन सुकाउँदैछन् तिनले फलाई अन्न
खन्दै अझै म बारी बाँझो पर्यो मलाई ।

 

बदला लिऊँ कसोरी, चाहन्न लिनै बदला
माफी दिने हृदय नै ठूलो पर्यो मलाई ।

मीठो वचन सुनेमा भरिदैन कान कहिल्यै
एकै वचन बढी भो तीतो पर्यो मलाई ।।

बहरे मुजारे

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *