खण्डहर-शौन्दर्य

Amar, dhwoj, Khati, अजम्बरध्वज खाती, pallawa, पल्लव

अजम्बरध्वज खाती

जब जब नुवाकोटको त्यो डाँडो,
भीर, पाखा, पखेरो र
बसन्तपुरको टुप्पो हेरेर सुत्छु-,
सपना देख्दा
सधै म तिनाउको बाढले बगेको हुन्छु
त्यही भित्र निसास्सिएर रोएको हुन्छु
यो चुरेको पहाड समुद्र परेर बग्दै
बटौली छोपेको देख्छु
फेरि बटौली पृथ्वीको गर्भमा पुरिएर
तिलौराकोटको नियति हो
भोगेको देख्छु
लुम्बिनीको नियति हो
भोगेको देख्छु
विचराहरु जो आफ्नो अतितको सम्पन्नता हेर्न
उत्खनन पर्खेर बसेको छन् ।

 

शौन्दर्यको सास्वत
वन, पहाड मासेर बाँच्ने
यो
बटौलीको नया जन्मेको रहर होर्
वर्तमानमा बटौली
बगर वोकेको शहर हो ।
हिउँद भरि
बुढो पहाडका वन ताछेर सक्छ
खोलाको ढुङ्गा उप्काएर वेच्छ
खोलाको सोहोरेर गिट्टी बोक्छ, बालुवा लग्छ
अब संसारैबाट वर्षा गयो झैं गर्छ
अनि जव वर्षा आउछ
बल्ल थहापाउछ
पहाड भत्केर पोखिएको पहाडको हिलो
यहाँ भल पर्छ
समुद्र बग्छ
यो बोक्रोले छोपेको खोक्रो बटौली
कति यहीं समुन्द्रमा पौडी खेल्छन्
कति यहीं बगर पल्टन्छन्
जो अलिकति भत्कन बाकी पाखा तिर बाचेका हुन्छन्
विचराहरु राम राम भजेर जिन्दगी पर्खन्छन् ।

यति बेला बल्ल आएर बटोलीको बुद्वि र्फकन्छ
शहरको चौक चौकमा अखवार भएर हल्ला गर्छ
‘चलाउन हुन्नथ्यो पहाड जमाउनु पथ्र्यो’
शेष नरहेर बटौली मेटिन सक्छ
कत्रो युद्व जितेको जितगडी
आज बुद्घ हिराउदा सन्तानको
यही तिनाउमा बग्न सक्छ ।

शौन्दर्यहरु खण्डहर पनि बनेका छन्
जाऊ हेर कपिलवस्तुमा
तिलौराकोट, यसको इतिहास जमिन मुनि पुरिएको छ
लुम्बिनी र देवदह जस्ता धेरैछन् यहाँ
अतितका सुन्दर सङ्केत
कथामा मात्रै छन् अब
यथार्थ पृथ्वीको गर्भमा भासिएको छ
जाउ मोहोन्जोदाडो
त्यहा उत्खनन् गरेर इतिहास बटुलेका छन्,
जमिनले थिचेका करङ्हर झिकेर
अतितका गर्भहरु पढेका छन्
भेटिएका कङ्कालमा मान्छेका अनुहाहरुर्
गर्वका व्यङ्ग बनेका छन्
गौरव खण्डहरहरु खनेर सन्तानहरुले
अतितको भोक मेटेका छन्,
तिर्खा मेटेका छन् ।

१२ बैशाब, ०७४ बटौली

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *