अम्बिका कार्की ‘अमु’का मुक्तकहरूः

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

रत्तिभर छैन खुसि प्रदेश दुई बलेको छ ।
जाँगर बिना मुफतमा यो कलम चलेको छ ।
मधेश भन्दै सात जिल्ला मात्र छुट्ट्याएर
के छ स्वार्थ किन हो हाम्रो सरकार गलेको छ?

पुर्ब मेची पश्चिममा मेरै हो महाकाली
बीस बर्सको प्रतिक्षामा राजपा भो जाली ।
भन्थें मत दिई राम्रालाई जिताउनु छ
रहर गुम्यो स्वस्तिक नै हुन्छ कि पो खाली ।

 

हकका लागि लड्नुपर्छ किन कि म नारी हुँ
कुरीतिलाई मोड्नुपर्छ किन कि म नारी हुँ ।
हत्या, हिंसा, दमनको जरालाई उखेलेर
अत्यचार तोड्नुपर्छ किन कि म नारी हुँ।

कयौं रात छटपटाउँदै आँसु पिएँ
सपना साकार पार्न फेरि पनी जिएँ ।
देख्छ नारी माथिको दमन नजरले
अज्ञानीलाइ ज्ञान दिने अठोट लिएँ।।

बिहानिको त्यो किरणमा हिमाल देख्न पाउँ
यो कलमले भ्रष्टाचार बिरुद्द लेख्न पाउँ ।
गाउँ ,शहर , बस्ती -बस्ती मलम पुर्‍याउन
दुखीहरूको झुपडीमा नै सधैं टेक्न पाउँ।।

अम्बिका कार्की “अमु ”
सर्लाही हाल चितवन, भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *