घर आउँदै छु भनी खबर को संग पठाउने होला,
बुवा-आमालाई यो साल पनि कसरी मनाउने होला,।
अर्को वर्ष त अवश्य जोडी बनी आउनु भनेका थिए,,
जादै छु एक्लै बायाँ काखमा कसलाई सजाउने होला,,।।
हेर मेरै खेदो खन्छौ त म के गरौँ,,
कति पाए भनी गन्छौ त म के गरौँ,।
ज्ञान दिई अघि बढाउने थिए,,,
आफैं भगवान् बन्छौ त म के गरौँ,,।।
आफैंलाई चिन्ने प्रयास गरि रहेको छु,,।
जीवनको छेउ-टुपो मेसो नपाएर,,
भेटे जति ज्ञानग्रन्थ चरि रहेको छु,,।।
बिमारी छु हजुर पानी को देलान्,,,
सकेको छैन उठ्न तानी को देलान्,।
यसरी नै थला पढ्दै-पढ्दै गए भने,,
यस्तो रोगीलाई जवानी को देलान्,।।
आफैं अघि गने पछि पारा तातेर आयो,,
मेरै खेदो खने पछि पारा तातेर आयो,,।
मैले पाउनुपर्ने असहाय सिटमा पनि,,,,,
आफैंश्रेष्ठ बने पछि पारा तातेर आयो,,।।
धर्मराज उपाध्याय ‘पराशर’
