दुर्गा तिवारीका मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

आफ्नै बोली नबिक्नेके अरुलाइ के बिकाउने यहाँ
आफै संकार भुल्नेले अरुलाई के सिकाउने यहाँ
बाहिर आदर्सका कुरा भित्र अफै खोक्रो भएपनी
उनैछन भेष पाखे भनिआगन्तुक भेष झिकाउने यहाँ ।

फुलबारीमा खोजे प्रिय मनभित्रपो फुल्दै रैछौ
पारी सम्म खोजे प्रिय परेलिमै झुल्दै रैछै
मिठास खोज्दै खोज्दै तिमी मेरै वरपर यहाँ
मनको बगैँचामा प्रिय भमरा भै डुल्दै रैछौ ।

 

तिम्रै यादमा तड्पियर रुनु छैन अब मलाई
आसक्ती भै मायाले मन छुनु छैन अब मलाई
पाइतलाका डोब जस्तै मेटायेर छाड्नु मन छ
सधैभरि आँसुले मुख धुनु छैन अब मलाई ।

लिपुलेकमा सोझै हस्तक्षेप छ तर सरकार सधै किन चुप छ
रातारात सिमाना मिचिदा खुन उम्लिन्छ हाम्रैअनि छाती दुख्छ
जनतालाई मात्र माटोको माया नेता उता लम्पसारबाद भकाछन
बिडम्बना हाम्रो स्वभिमान बेचेर सरकार सधै किन झुक्छ।

यीआँखामा तिम्लाइ राखी बन्द गरु जस्तो लाग्छ
तिम्रै यादमा आज भोलि संसार हरु जस्तो लाग्छ
सङालेर राखेकी छु धड्कन सङै तिम्रो माया
हो उछालिदै पिरतीमा छन्द भरु जस्तो लाग्छ।

कहिले खाली रहेन दिन आंशुले मुख धुनु पनि
गल्ती रैछ जिन्दगीमा कम्जोर भाग्य हुनु पनि
गन्तव्यमा चोट पाउनु जिन्दगीको खास बन्यो
छाप लागाइ ल्याको रैछ तक्दिरमा रुनु पनि।।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *