गजल

Spread the love
Tek, Bhandari, टेक भण्डारी, pallawa, पल्लव

टेक भण्डारी

हार्नेहरु सधैँ हारिरहे जित्नेले पो खै के पायो
भजन गाउँदै झ्याली पिट्नेले पो खै के पायो।

जित्ने पनि उही मान्छे…..हार्ने पनि त उही
उनको मेरो सिमाना मिच्नेले पो खै के पायो।

अलग थिए गर्वधारण तर जन्मेपछि एउटै माटो
फेरि नातावादका पत्ती फिट्नेले पो खै के पायो।

 

आखिर मानव सबै एउटै मर्दा जाने एउटै धाट
मुर्दाको पनि मुटु झिक्नेले पो खै के पायो।

हार्नेहरु सधैँ हारिरहे जित्नेले पो खै के पायो
भजन गाउँदै झ्याली पिट्नेले पो खै के पायो।

टेक भण्डारी
एडिलेड साउथ अस्ट्रेलिया
tekbhandari62@yahoo.com

One thought on “गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *