यो संसार यति ठुलो छ कि दुरिलाई के दोष ?
मान्छेका आफ्नै भोगाई मजबुरीलाई के दोष ?
दर्द के हो पिडा के हो दुखेको दिललाई सोधौं
रेटिने अचानो नै भएपछी खुकुरीलाई के दोष ?
गजुर बसोस या घामपानी पसोस उ शिरै हो
बनाउनेले जे सोच्यो बनायो धुरीलाई के दोष ?
बलियो जो थियो रोकियो बढारीयो कमजोर
झोक्का त उहीँ थियो बिचरा हुरीलाई के दोष ?
मुखले ठिक्क पार्नेहरु त देख्नुभाकै होला नि
पिठ्युँमै हान्छन बेइमानिले छुरीलाइ के दोष ?
