कथित परिचय

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

मानौ यी दिवारहरु
मेरा सहयात्री हुन !
यी बर्तनहरु संगीनि !
यो चुल्हो मेरो श्वास हो,
जब बल्छ
धड्कन चल्छ !

प्रतिबन्धित छ्न चाहनाहरु,
त्यही बोल्छ्न
निहुरिएको शिरको अभिमानमा
झुकेका यी
स्वाभिमानका आँखाहरु !

 

हो ,
म कुनै पुरुषार्थको पुजा गर्न
खरिद गरिएकी बिकाउ
पुजारी हुँ !
साक्षी राखेर यहि समाजले
गरेको थियो खरिद
बर्षौं पहिले
मुल्यबान आभुषणहरुमा !
जुन म शिरदेखी
पैतलासम्म झुन्ड्याइरहेछु
गहना बनाएर !
अहोभाग्य सम्झिएर !

हातहरुमा टमक्क सजिएका छ्न ,
चुरा नामका हत्कडीहरु
जसको छिनछिन आवाजले
सम्झाइरहन्छ उत्तरदायित्व,
बोध गराउछ परिबन्धको,
बाध्य बनाउछ
अरुको आदेस पालाना गर्न
इमानदारी पुर्बक
घोडिमा लगाएको लगाम जस्तै !

सुन ए पुरुष !
के म तिम्रो सहयात्री हुँदै होइन
एक सेबक हुँ ?
चुप – चाप
आदेश अनुसरण गर्ने दासी हुँ ?
र त मनपरी प्रयोग गर्छौ
जहिं तहिं
जसरी चायो त्यसरी !

तिमी तृष्णा हौ ,
म पानी हुँ !
हरेक पटक तिम्रो सन्तुष्टिको निम्ति
आफै रित्तिदिन्छु !

आउ चाहे जति शोषण गर ,
म सहिदिन्छु
प्रयोग गर
बिलासिताको साधन बनाएर,
म त्यस्तै बस्तु हुँ भने
जसलाइ आवस्यकता अनुसार
प्रयोग गरिन्छ !

हरेक राती तिम्रो ओछ्यानमा
तिम्रै इच्छा अनुरुप
आफुलाइ समर्पण गर्दै
हरेक पटक
स्वइच्छाले बलत्कृत हुने
बिबस र लाचार …..
म स्त्री या फेरि हुँ एक आईमाई ।।

“सुमिना अभिलाषी”
वुटवल ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *