रमेश पोखरेलका जोर गजल

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

बहरबद्ध गजल– १,
सपना सजाउँला मनमा सुटुक्क
पिरती लगाउँला मनमा सुटुक्क

धनको गरीबले कमजोर हुन्न
महलै बनाउँला मनमा सुटुक्क

जिउँला यथार्थमा जसरी दुखैले
सुखले रमाउँला मनमा सुटुक्क

 

कपडा छदैछ यो तन ढाक्नलाई
गहना लगाउँला मनमा सुटुक्क

म छु कृष्ण लौ सधैं,बनिराख राधा
मुरली बजाउँला मनमा सुटुक्क ।।

सूत्र- llS lSl Sll SlS S
विश्राम – ७,

“गजल”– २,
ए प्यारी ! रिसाएर सधैं चल्छ कसरी
अगुल्टो पनि नठोसी बल्छ कसरी

मनमुटावको त्यो भाव त्याग्न नसके
हामी बीचको पर्खाल ढल्छ कसरी

पिरतीको साइनोमा हामी नबाँधिए
इर्ष्याले अरुको मन जल्छ कसरी

आउ अब मायामा सुन्दर घर बनाउँ
छहारीबिना घाम पानी छ्ल्छ कसरी

धर्ती आकाश हुन हुन्न, हामी दुई बीच
तिमी जमिन म बिउ नभई,फल्छ कसरी?

रमेश पोखरेल,
खोटाङ ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *