गजल

Spread the love
Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

धनका खातिर हदै गिर्नेहरु देखेको छु
दाउ मार्न सियो बनी छिर्नेहरु देखेको छु

मनभित्र कालो मैलो कपटको भारी बोकी
मखुन्डो चैँ सज्जनको भिर्नेहरु देखेको छु

भलो गर्ने जमाना होईन रैछ बुझेँ मैँले
गुनलाई बैगुनले तिर्नेहरु देखेको छु

 

दु:खीहरुको घाउमा मलम लाउनु भन्दा
वचनले झनै छाती चिर्नेहरु देखेको छु

दिनरात असहायको सेवा गर्छ जसले
उसैलाई फर्की फर्की पिर्नेहरु देखेको छु ।

हेटौँडा, मकवानपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *