गजल

Spread the love
Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

नसाँच तिमी दिल जलेका कुरा।
शहर भित्र हल्ला चलेका कुरा।

बेईमानी भै एउटा स्वार्थ लुट्न
कसम तोडी बाटो छलेका कुरा।

पँधेरी जाँदा मिर्मिरे बिहानीमा
बोलाई उतै पाँउ मलेका कुरा।

 

स्पर्शमा प्यार भरेर पर पुग्दा
यौवनको त्यो वैश ढलेका कुरा।

अँधुरा इच्छा परिपूर्ति गर्दैमा
तिम्रा मेरा बिकार गलेका कुरा।

मोतिप्रकाश शर्मा,
स्याङजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *