एम. पी. आस्थाका केही मुक्तकहरूः

Spread the love
Mamila, Paudel, Aastha, ममिला पौडेल ‘आस्था’, pallawa, पल्लव

ममिला पौडेल ‘आस्था’

चोईटिएर पनि म आशाको दिप वाल्न तयार छु
खारिनै पर्छ नम्बरी हुन आफु रत गाल्न तयार छु
मेरा सपनाको हत्यारा बन्यौ प्रेम फक्रेला नफक्रेला
प्रेमको ऊत्सर्गमा पुग्न यात्रा अनेक थाल्न तयार छु ।

आस्था म जुन टिपेर आऊछु भोली पर्सि भन्थ्यौ
तर्किएर म दुर हुन खोजे तँ कहिल्यै नतर्कि भन्थ्यौ
गर्न केहि सकिन होला जति सके गरे तिम्रो लागी
कमजोर हुन थालेपछि गर्छु तँलाई के पर्खि भन्थ्यौ ।।

 

जिऊदै छु अचानोमा राखी खुकुरी हान्नेसगँ
भमरा हुँ भन्दै रस चुसि अर्कों फ़ुल छान्नेसगँ
भाग्यको लेखान्त यस्तै भनि बाचेको छु आज
छैन हार्नु पनि मिथ्या आरोपमा खुट्टा तान्नेसगँ ।

पिडा र वेदना सहने पृथ्वी सहनशिला नारी हो
जन्मघरको छोरी त कर्मघरको साच्चि बुहारी हो
बा आमाको शेखपछि पाईला राख्ने ठाऊ होस्
गरिन्छ जव अपमान भने त्यो अत्याचारी हो ।।

झुट बोलेर पनि त ढाट्दिन भन्छ मान्छे
आफुले थुकेको थुक चाट्दिन भन्छ मान्छे
कति खेर के हुन्छ सोच्दै नसोची बोल्ने
बिगारी सकेर कुरा काट्दिन भन्छ मान्छे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *