मेरो देश नेपाल-म नेपाली

Spread the love
Badaldevi, Chamling, वादलदेवि चाम्लिङ्ग, pallawa, पल्लव

वादलदेवि चाम्लिङ्ग

दुषितअक्सिजनलिएर श्वास फेरेकै छु
धकफुकाएर
म नेपाली हुँ भनेर हाँस्नु हाँसेकै छु ।

क्षितिजलाईनिहुर्याएर लज्जालु झार झै वनाउने
आकाशलाई घोप्टिएरधर्ति हे{न लगाउने झरना
मेरो देशमा छ
तर यो भिक्टोरिया फल्स हो भन्दै मैले पढ्नु पर्छ
विद्यार्थीलाई पनि सहि हो हैभन्नु पर्छ
नत्र परिक्षामा फेल होईन्छ
सिमापारीवाट रेफ्रीले हरियो झण्डा उठाउँछ
म उठ्नु पर्छ
फेरी उसले रातो झण्डा उठाउँछ
म ढल्नु पर्छ
आफ्नै वलवुतोको फल टिपौ है भन्यो
यसरी यो अलिनो किन हुन्छ ?
नवँाच्नु पर्ने म वाँचेकै छु ।

 

आफ्नो मेलोमेसो हराएको मेरो देशमा
रातमादिनदिनमा रात जे पनि हुन्छ
उपाधीको प्रमाणपत्र टिनको वाकसमावन्द गरेर
युवाहरुखाँडीमुलुक पस्छन्
विनाउपाधीमाभद्रजन डाडु पन्यूँ लिएर चुल्हो पस्छन्
कार्यालयको ढिलासुस्ती र भ्रष्टाचार त
सँजिवनी वुटी नै हो
नत्र देशको दशाको कुरा त हैन
ढुकढुकीको पो प्रश्न उठ्छ यहाँ ।

चेतनाचिसै दलानभित्रवन्द छ
मान्छेहरु
चुनढुँगापग्लिएर सेतो पानीवग्दा
दूध चढाउन मन्दिरमालाम लाग्छन्
घरमावालवच्चाहरुकुपोषितभएर के हुन्छ र ?
वोक्सी भनेर छोरी मान्छे जलाउन सकिए पछि
वोक्सो नामको तिलकनिधारमा देखाएर
छोरो मान्छे जलाउन थाल्छन्
मान्छे त भेडाहो है रहेछ
शिक्षावजारमाव्रि्रीकालागी राखिएको महँगो वस्त्रहो
मविर नेपाली
वर्षौको कमाईले एउटा फूलवुट्टे कम्वल किन्छु
गुँडमा घाम पसोस् र
नानीहरु हाँसेर फूलून् भन्छु
तर
वारीको डिलमा रोपेको फूलको सच्चाई वेअर्थ नै सुकेर जान्छ
ताल न वेताल
जीवन रँगिन्छ यसरी कसरी ?
आफ्नो ताल्चाको चावीआफूसँग नभएपछि
आफ्नो मियोमासियो अरुले नै लगाई दिए पछि
यि यस्ता घटनाहरु यहाँ
वेलगामसिमाहिन घटिरहन्छन्।

गणतन्त्रको मन्त्रले चोख्याएको पानीले मुखधोएर नेतागण
विचारको नारावाजी गर्छन्
विचारले त सँकार देखाउनु पर्ने हो नि
विचारले त व्यवस्थाजन्माउनु पर्ने हो नि
भ्रम त यहि नै छ
अव्यवस्थितआफै उनिहरु
आफ्नो सत्य परिचयको कार्ड घाँटीमा झुण्ड्याउननसकिरहेको वेला
परवाट आउदै गरेको एक हुलपनि मै हुँ भन्छन्
यसरी मेरो देशमा म पिँजडाको सुगावने
मलाई जे सिकाएपनि हुन्छ
देशवाहिर म काठको पुतलीवनेँ
जो निर्जिव हो अरुले नचाए हुन्छ
सरकार सरोकारवाला वाघचालको गोटी वने
जो अरुले नै चाल्नु पर्छ
यि सवै कुराहरु पन्छाएर यदि एक छिन मात्रै
वे-अस्तित्ववाटअस्तित्वमाआएर वाँच्नपाएँ
भित्र देखि रहर त छ नि
मेरो देशको सुन्दर चित्रकोर्न
सवैको अनुहार भरि चमक देखिने गरि
लालीगुँरासले रङ्ग भर्न
तर देश नै कोमामाजानै लागेको वेला
धुमिल स्वाभिमानओढेर
म यि सव कसरी गर्न सक्छु ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *