प्रकाश मगर ‘सम्झना’का एकजोर गजल

Spread the love
Prakash, Magar, Samjhana, प्रकाश मगर ‘सम्झना’, pallawa, पल्लव

प्रकाश मगर ‘सम्झना’

गजल– १,
हाम्रो मायाको कहानी बुझ्दैनन् तिम्रा बाबाले
हाम्लाई देख्दा रिसाई जानू हुन्छ तिम्रो आमाले

कति ठुलो हुदो रहेछ धन पैसा आजभोलि हेर
दिन रात रोएरै बित्यो कठै हेर्छन् मलाई साराले

जब तिमीले मेरो साथ पायौं खुशी थियौ सधै
आज हेर्छन् हामीलाई यी दुश्मनका आँखाले

 

हो कसम खाएका यी मनभित्र गुम्सिएका छन
हामीलाई चोट दिन्छन् सधैंभरि यी बाठाले

तिमी हास्दा सँगै हास्छु तिमी रूदा सँगै रून्छु
रूवाउने छ हामीलाई सधै यिनै बोली छाडाले

गजल– २,
सपना सजाई परदेश आए घर धितो राखेर आए
बुढा बा बुढी आमालाई घरमा एक्लै छाडेर आए ।

सम्झिन्छु गाउँ घर याद आउँछ मुटु फुट्ने गरि
रूदा कठोर बनाई मनलाई कसरी बाधेर आए ।

आखामा आशुको खोली बगाएर परदेश हिड्दा
रोकिएन आँसु त्यो दिन यसरी मैले झारेर आए ।

धनीलाई के परदेश गरिबलाई जानू पर्छ परदेश
हो मायाले दिएको रूमाल चिनो समालेर आए ।

खरले छाको छानो बदल्छु भनेको छु परदेशमा
बिहानै हातमा फुलको माला टीका थामेर आए ।।

प्रकाश मगर ‘सम्झना’
दैलेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *