गजल

Spread the love
Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

आयो कोही र अनेक सपना देखाएर हिड्यो,
निमुखाको छातीमाथि नै पाउ टेकाएर हिड्यो ।

रोग र भोकको चपेटामा परेको छ दुर्गम,
औषधी माग्दा सरकार लाठी सेकाएर हिड्यो ।

यहाँ कलमले तरबारलाई जित्छ भन्नेहरू,
सज्जनको बाटोमा, मुर्खलार्इ छेकाएर हिड्यो ।

 

दुश्मनले साँध मिच्दैछ सिमानातिर भन्ने सुन्द,
उम्लिेको रक्तले खुकुरीमा नाम लेखाएर हिड्यो ।

विदेशिएको छोरामा जब पलाएछ देशभक्ति,
नेपाल फर्किन भिजा– राहदानी फेकाएर हिड्यो ।।

सिर्जना कार्की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *