सदीक्षा

Spread the love
Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

पीडा भो घर धान्न आजित भऍ एक्लै गरी आर्जन ।
सोच्दैनौ किन मानवीय गुण हो,कर्तब्य हो सम्झन ।।
तिम्रो पो घरबार पूर्ण छ यहा धान्नै भयो चिन्तन ।
जस्को छैन घरै भने त उसको को बुझ्छ पीडा भन ?

छोरी पुत्र पढाउनै नसकिने सानो भयो जागिर ।
ब्यर्थै जन्म लिएछु यो धरतिमा के गर्नु खै आखिर ।।
यस्तो चिन्तन ब्यर्थ हुन्छ दुनियाँ सम्झाउ आफ्नो मन ।
छोरी पुत्र अभावमा पिरहुने भुल्यौ कि हे सज्जन ।।

 

आमा बाबु म पाल्न सक्दिन सधैँ वेकारको झन्झट ।
यस्तो निन्दित भावना शिर धरी के गर्दछौ छट्पट ।।
द्यौता औ धरणी समान त यिनी मिल्दैन सर्वत्रमा ।
बा आमा विहिनै हुने तिर तिमी राख्ने गरे सम्झना ।।

पत्नी नै असती परी पिर भयो वेकार भो जिन्दगी ।
सारा हुर्मत फाल्दछे घरबसी वर्वाद भो सम्पति ।।
बोल्नै दिन्न कुनै कुरा वचनले काट्छे म खप्ने कति ।
सुन्दैनौ किन आर्तनाद मनुवा स्री वेगरैको रति ।।

ठूलै भोज भतेर पाक्छ घरमा टार्ने म एक्लो भऍ ।
निन्द्रा रात भरी हराम हुन गो थाम्नै नसक्ने भऍ ।।
भन्ने चिन्तनले शरीर कतिले जिर्णै बनायौ किन ।
बुझ्दैनौ परिवार हुन्न जसको वित्दैछ कस्तो दिन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *